खोटाङको हलेशी महादेवको मन्दिरबाट चिनियाँ महिला पक्राउ

खोटाङको हलेशी महादेवको मन्दिरबाट चिनियाँ महिला पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ पुष २०८२
  • 3.8K
    Shares

पोखरा , १६ पुष २०८२।

खोटाङको हलेशी महादेवको मन्दिरबाट एक चिनियाँ महिला पक्राउ परेकी छिन । 

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको हलेसी मन्दीर क्षेत्रमा गैरकानुनीरुपमा बसोबास गर्दै आएकी चिनियाँ महिला पक्राउ परेकी हुन् ।

ती चिनियाँ महिलाले आफ्नो नाम जियायो जियायीन र आफू चीनको सेन्झेन ग्वाङडोङ प्रदेश नन्याङ रोड जिङसुइ जिल्लाबासी भएको बताएकी प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय हलेसीले अवैधरुपमा बसोबास गर्दै आएको गोप्य सूचनाको आधारमा चिनियाँ महिलालाई पक्राउ गरेको प्रहरी निरीक्षक आकाश उप्रेतीले बताए। उनलाई कारबाहीका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले बताएको छ ।

प्रतिक्रिया