२१ टन ग्यास हावामा उडाएपछि हटाइयो ग्यास बुलेट : राजमार्ग सुचारु

२१ टन ग्यास हावामा उडाएपछि हटाइयो ग्यास बुलेट : राजमार्ग सुचारु


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १६ पुष २०८२
  • 3.8K
    Shares

पोखरा , १६ पुष २०८२।

मङ्गलबार बिहानदेखि अवरुद्ध रौतहटस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गमा आज बिहानबाट गाडी गुड्न थालेका छन्। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका–४ लमाह पुल नजिक मंगलबार बिहान ग्यास बुलेट पल्टिँदा राजमार्ग अवरुद्ध भएको थियो।
 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र थापामगरका अनुसार बुलेटभित्रको २१ टन ग्यास रातभरि बाहिर फ्याँकेर टङ्याकर हटाइएको हो। 

बाटोबाट बुलेट हटाउन छवटा क्रेन प्रयोग गरिएको थियो। यसअघि साना सवारीसाधन चन्द्रनिगाहपुर–गौर वैकल्पिक बाटो प्रयोग गरेका थिए। 

मुख्य राजमार्गलाई वारपार अवरुद्ध गरेर पल्टिएकाे ग्यास बुलेट हटाउन २४ घण्टा लागेकाे हाे। 

प्रतिक्रिया