पोखरा , १६ पुष २०८२।
नवलपुरमा स्करपियोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुर्को गैँडाकोट नगरपालिका-१०, स्थित लांघाली चोकमा मंगलबार स्करपियोको ठक्करबाट स्थानीय ८२ वर्षीय भुवनसिंह मस्रांगी मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, नवलपुरका सूचना अधिकारी वीरेन्द्रराज गुरुङले बताए।
पैदलयात्रीलाई ठक्कर दिएपछि स्करपियोले तीव्रगतिमा हुइँकिएको प्रहरीले जनाएको छ। स्कारपियोको खोजी भइरहेको सूचना अधिकारी गुरुङले बताए।