दाङबाट स्रोत नखुलेको ६० लाख रुपैयाँसहित एक जना पक्राउ : चोरीको रकम हुन सक्ने

दाङबाट स्रोत नखुलेको ६० लाख रुपैयाँसहित एक जना पक्राउ : चोरीको रकम हुन सक्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ पुष २०८२
  • 5.3K
    Shares

पोखरा, १५ पुष २०८२।

दाङको तुलसीपुरबाट स्रोत नखुलेको ६० लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्।

तुलसीपुर उपमहानगरपालिका-६ गोलौराको एक घरबाट स्रोत नखुलेको ६० लाख रुपैयाँ बरामद गरिएको तुलसीपुर प्रहरीले जानकारी दिएको छ। प्रहरीले काठमाडौंमा प्लम्बर पेशा गर्ने घरधनी दुर्गा केसीलाई समेत नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चक्रवहादुर शाहले जानकारी दिएका छन् ।

केसी सोमबार बेलुका मात्र काठमाडौंवाट गाउँ आएका थिए । केसीले काठमाडौंको एक इन्टरेट संचालकको घरवाट उक्त रकम चोरी गरेर दाङस्थित घर लिएर गएको प्रहरीले जनाएको छ ।

सिसिटिभी फुटेजवाट केसीले रकम चोरी गरेको दृश्य देखिएपछि प्रहरी खोजतालस गर्दै उनको घरसम्म पुगेको थियो । उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

उनले स्रोत खुलाउन नसकेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ। उक्त रकम चोरी गरेर ल्याइएको हुन सक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया