काठमाडौं , १५ पुष २०८२।
‘कीर्तिपुर नगरपालिका–५ का ५० वर्षीय विनोद खड्गीको अपहरणपछि हत्या गरेको आरोप लागेका तीन जना जेल चलान भएका छन्।
जेल चलान हुनेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई मध्यपुर थिमीमा बस्ने २१ वर्षीया मनिषा महत, महोत्तरीको गौशला घर भई भक्तपुर बस्ने आशिष पासवान र बाग्लुङको गलकोट घर भई कोटेश्वर बस्ने प्रतीक गौतम जेल चलान भएका हुन्।
जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश नगेन्द्रकुमार कालाखेतीकोसोमबारको इजलाशले उनीहरुलाई जन्मकैदको सजाय सुनाएकाकारण उनीहरुलाई जेल चलान गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार यो समूहले विनोदलाई ‘हनीट्र्याप’मा पारेका थिए । त्यस क्रममा अपहरण गरेर पांच लाख रुपैयाँ फिरौती लिएपछि हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
कीर्तिपुरका ५० वर्षीय खड्गीको शव गएको असोज ६ गते काभ्रेको पाँचखाल नगरपालिका– ८ स्थित ४९ किलो भन्ने ठाउँमा भेटिएको थियो । ५ गतेदेखि सम्पर्कविहीन भएका उनको परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए । ७ गते परिवारले शनाखत गरेपछि पाँचखालमा भेटिएको शव खड्गीको भएको खुल्यो ।
अनुसन्धानका क्रममा मनिषा महतको समूहले ‘हनीट्र्याप’मा पारेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले मनिषासँगै काठमाडौं शंखरापुरका सरिन घिमिरे, महोत्तरीको गौशला घर भई भक्तपुर बस्ने आशिष पासवान र बाग्लुङको गलकोट घर भई कोटेश्वर बस्ने प्रतीक गौतमलाई पक्राउ गरेको छ ।
विनोदले भने अनुसार साँझ ५ बजेतिर प्रदीपले भक्तपुरको राधेराधेमा पैसा पुर्याइदिन्छन् । तर रकम पाइसकेपछि मनिषाको समूहले हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ ।