ओखलढुंगामा गएराती एक दम्पत्तिको हत्या

ओखलढुंगामा गएराती एक दम्पत्तिको हत्या


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ पुष २०८२
  • 6.2K
    Shares

पोखरा , १५ पुष २०८२।

ओखलढुंगामा गएराती एक दम्पत्तिको हत्या भएको छ।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर ६ भदौरे (साविक वडा नं ३) का शोभित थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको हत्या भएको हो।

पसल सञ्चालन गर्दै आएका उनीहरुको शब घर नजिकैको मतानको घाँस थुपारेको ठाउँमा लुकाइएको अवस्थामा भेटिएको वडा सचिव चोलेन्द्र कार्कीले जानकारी दिए।

बिहान अबेरसम्म पसल नखोलेपछि स्थानीयले खोजी गरेका थिए । सो क्रममा घरबाहिर रगत देखेपछि शंका लागेर हेर्दा उनीहरूको शव फेला परेको हो ।

वडा सचिव कार्कीका अनुसार, उनीहरूको हत्यापश्चात घिसारेर घर नजिकैको मतानको घाँस थुपारेको ठाउँमा लुकाइएको अवस्थामा भेटिएको थियो ।

घटनास्थल र वरपरको क्षेत्रमा रगत लतपतिएको देखिएको छ ।घटनाको जानकारी पाउनासाथ निशंखे प्रहरी चौकीको टोली पुगिसकेको छ भने जिल्लाबाट थप सुरक्षाकर्मी र अनु*सन्धान टोली घट*नास्थलतर्फ जाँदैछन् । प्रहरीबाट घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया