आज अस्ट्रेलियन डलर र कुवेती दिनारको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो

आज अस्ट्रेलियन डलर र कुवेती दिनारको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १५ पुष २०८२
  • 3.6K
    Shares

पोखराम १५ पुष २०८२।

नेपाल राष्ट्र बैंकले आज  (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, युरो, पाउन्ड, बहराइन दिनारसहितका मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर,  कुवेती दिनारसहित केही मुद्रा भने सस्तिएका छन्। 

आज अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा थियो। 

यही पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिदर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा छ। हिजो युरो १ को खरिदर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४९ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ २४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७५ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४६७ रुपैयाँ १० पैसा र बिक्रीदर ४६९ रुपैयाँ ०५ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४६७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ३० पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ५८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८० रुपैयाँ ४६ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ०५ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

२०८२ पुष १५ को बिदेशी विनिमय दर

प्रतिक्रिया