घुस रकमसहित पक्राउ परेका भरतपुर यातयातका कार्यालय सहयोगी गुरुङबिरुद्ध भ्रस्टाचार मुद्दा दर्ता

घुस रकमसहित पक्राउ परेका भरतपुर यातयातका कार्यालय सहयोगी गुरुङबिरुद्ध भ्रस्टाचार मुद्दा दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १४ पुष २०८२
  • 3.2K
    Shares

पोखरा , १४ पुष २०८२।

घुस रकमसहित पक्राउ परेका चितवनस्थित यातयात व्यवस्था कार्यालय, भरतपुरका कार्यालय सहयोगी इन्द्रजित गुरुङबिरुद्ध भ्रस्टाचार मुद्दा दर्ता भएको छ।

यातयात व्यवस्था कार्यालय, भरतपुर चितवनमा जाँचपास, परमिट, नवीकरण शाखामा कार्यरत कार्यालय सहयोगी इन्द्रजित गुरुङबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल काठमाण्डौले बिशेष अदालत काठमाण्डौमा भ्रस्टाचार मुद्दा दर्ता गरेको हो।

गएको जेठ २० गते आफ्नै कार्यकक्षबाट एक लाख ८५, हजार रुपियाँ नगदसहित पक्राउ परेका कार्यालय सहयोगी गुरुङबिरुद्ध अख्तियारले एक लाख ६१ हजार तीन सय ४० रुपैयाँ बिगो माग दाबीसहित आज बिशेष अदालतमा भ्रस्टाचार मुद्दा दर्ता भएको अक्घ्तियारका सहायक प्रबक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए।

अख्तियारका अनुसार , अनुसन्धानको सिलसिलामा कर्मचारी ईन्द्रजित गुरुङले यातायात व्यवस्था कार्यालय भरतपुर चितवनबाट जारी हुने सेवाहरु पञ्जिकरण, ब्लुबुक, जाँचपास र परमिट नवीकरण लगायतका सार्वजनिक सेवा कार्यहरु गर्न गराउन सहजीकरण गरे गराए वापत सेवाग्राहीसँग एक लाख ६१ तीन सय ४० रुपियाँ मागेको बताइएको छ।

अभियुक्त गुरुङले आफ्नो सानिमा बैङ्कमा रहेको खातामा पटक-पटक गरी दाखिला गरे गराई उक्त घुस रिसवत रकम प्राप्त गरेको स्थापित भएको अख्तियारको दाबी छ।

अभियुक्त गुरुङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिमको कसुरमा बिगो रु. १,६१,३४०।- (एक लाख एकसठ्ठी हजार तीन सय चालीस रुपैयाँ मात्र) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्राप्त समाचारमा जनाइएको छ।

प्रतिक्रिया