काठमाडौंको बाफलबाट दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौंको बाफलबाट दुई थान पेस्तोलसहित तीन जना पक्राउ


  • जन संचार
  • सोमबार, १४ पुष २०८२
  • 4.3K
    Shares

काठमाडौंको बाफलबाट दुई थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले टोलीले बाफलबाट दुई थान पेस्तोलसहित तीन जना लाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा काठमाडौंको डल्लु बस्ने ३२ वर्षीय झिल्के भनिने विकाश शाही, मोरङको लेटाङ नगरपालिका–४ का २२ वर्षीय शाहिल तिवारी र बाफल बस्ने ३३ वर्षीय जस्वन राई भनिने अश्विन राई रहेको परिसरका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

उनीहरुको साथबाट सीएफ ९८ लेखिएको दुई थान पेस्तोल, त्यसको तीन थान म्याग्जिन र दुई राउन्ड गोली र दुई थान खोका बरामद भएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।

प्रतिक्रिया