इन्टरपोलद्वारा युएईमा पक्राउ परेका बागलुङका अनवरद्दीन नेपाल ल्याइए

इन्टरपोलद्वारा युएईमा पक्राउ परेका बागलुङका अनवरद्दीन नेपाल ल्याइए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १४ पुष २०८२
  • 8.4K
    Shares

पोखरा , १४ पुष २०८२।

इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका बागलुङका एक व्यक्ति संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्राउ परेका छन् ।

ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ  र सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका बागलुङ नगरपालिका–२ श्रीनगर घर भएका जावेद अनवरद्दीन युएईबाट पक्राउ परेका हुन् ।

युएईमा पक्राउ परेका जावेद अनवरद्दीनलाई सम्बन्धित मुद्दामा कारबाही गर्न आज नेपाल ल्याइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७७ भदौ ८ गते रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार