काठमाण्डौमा एकाबिहानै प्रहरी सहायक हवल्दार मृत भेटिए

काठमाण्डौमा एकाबिहानै प्रहरी सहायक हवल्दार मृत भेटिए


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १४ पुष २०८२
  • 6.5K
    Shares

पोखरा , १४ पुष २०८२।

काठमाण्डौमा आज एकाबिहानै एक जना प्रहरी सहायक हवल्दार मृत भेटिएका छन्।

प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी सहायक हबल्दार बलबहादुर थापा आज बिहान नयाँबानेश्वर बुद्धनगरस्थित आफ्नै डेराकोठामा मृत भेटिएका हुन्।

घाँटीमा पासो लागेको अवस्थामा झुण्डिएको देखेपछि उनकी श्रीमतीले उद्धार गरेर नजिकैको एभरेष्ट अस्पताल पुर्‍याएकी थिइन् । तर चिकित्सकले उनलाई मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईले जानकारी दिए ।

सहायक हबल्दार थापाको मृत्युबारे अनुसन्धान भइरहेको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया