पोखरा , १४ पुष २०८२।
गएराती सासुको हत्या गरेर इटहरीबाट ज्वाई भागेका छन्।
इटहरी उपमहानगरपालिका–९ स्थित बीपी चोकमा ५६ वर्षीया महिलाको हत्या भएको छ।
भोजपुरको दिङ्ला–१ घर भई हाल इटहरीमा बस्दै आएकी ५६ वर्षीया पविमाया बयलकोटीलाई ज्वाइँ ४० वर्षीय गणेश शाह गुप्ताले कलको डन्डी प्रहार गरी हत्या गरेर भागेका हुन्को।
पारिवारिक स्रोतका अनुसार आइतवार साँझ विवादका क्रममा गुप्ताले टाउकोमा कलको डन्डीले हानेपछि चोट साहना नसके पछि बयलकोटीको मृत्यु भएको हो ।
घटनापछि गुप्ता फरार रहेको र उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।