पोखरा , १४ पुष २०८२।
सुर्खेतमा फोर्स गाडीले ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भए पछि प्रहरीले गाडी मालिकलाई पक्राउ गरेको छ भने चालक भागेका छन्।
सुर्खेतको वीरेन्द्रनगरस्थित टेम्पो पार्क नजिक शनिबार बिहान लु २ ख ५७८३ को नम्बरको फोर्स गाडीले ठक्कर दिंदा गम्भीर घाइते भएका दैलेखको डुंगेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जंगबहादुर बुढाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो।
उक्त दुर्घटनापश्चात भागेका गाडी चालक दैलेख स्थायी घर भई हाल वीरेन्द्रनगर–२ बस्दै आएका ३२ वर्षीय डिल्लीराज कँडेललाई प्रहरीले खोजी गरिरहेको छ भने दुर्घटनाग्रस्त फोर्स गाडीलाई सुर्खेतको बोटेचौर क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
दुर्घटना गराउने चालकलाई फेला नपारे पछि प्रहरीले सुर्खेतको सिम्ता गाउँपालिका–६ घर भएका गाडी धनी ३४ वर्षीय लोकबहादुर विसीलाई पक्राउ गैएको प्रहरीले जनाएको छ।
सोहि घटनापछि मृतक बुढाका आफन्त तथा स्थानीयवासीले सत्यतथ्य छानबिन, दोषीलाई कडा कारबाही तथा उचित क्षतिपूर्तिको माग गर्दै शनिबार र आइतबार वीरेन्द्रनगरमा प्रदर्शन गरेका थिए।