भारत जाँदै गर्दा नेपाल-भारत सीमा सुनौली नाकाबाट नेपाली महिला शर्मिला वाइवा लामा पक्राउ

भारत जाँदै गर्दा नेपाल-भारत सीमा सुनौली नाकाबाट नेपाली महिला शर्मिला वाइवा लामा पक्राउ


  • एजेन्सीहरु
  • आइतबार, १३ पुष २०८२
  • 7.3K
    Shares

भारतको सुनौली नाकामा पक्राउ परेकी काभ्रेकी शर्मिला वाइवा लामा

पोखरा , १३ पुष २०८२।

भारत जाँदै गर्दा नेपाल – भारत सीमा नाका सुनौलीबाट एक जना नेपाली महिला पक्राउ गरेको छ।

काभ्रेपलाञ्चोक घर भएकी शर्मिला वाइबा लामालाई नाम गरेकी महिला सुनौली नाकाबाट भारत प्रवेश गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरेको हो।

शनिबार सुनौली नाकाबाट भारत प्रवेश गरेकी उनलाई शंका लागेर अध्यागमन र प्रहरीको टोलीले सोधपुछ गरेपछि अवैध दस्तावेजका आधारमा गिरफ्तार गरिएको भारतीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन्।

घरेलु कामदारका रूपमा हङकङ जान उनले भारतीय नक्कली दस्तावेज बनाएको पाइएको प्राप्त समाचारमा जनाइएको छ । उनको साथबाट नेपाली नागरिकताको स्वप्रमाणित प्रतिलिपिसमेत बरामद भएको छ । नक्कली विवरणसहित भारतीय राहदानी, आधार कार्ड बनाएर किर्ते गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको बताइएको छ । उनीमाथि कानूनी कारबाहीको प्रक्रिया अघि बढाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया