बाघको आक्रमणमा परेर कञ्चनपुरमा ७० वर्षीया एक वृद्धाको मृत्यु भएको छ।
भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएकी एक नेपाली बृद्धाको आक्रमणवाट मृत्यु भएको छ।
भारतको दुधुवा राष्ट्रिय निकुञ्जमा घाँस काट्न गएकी नेपालको कन्चनपुर् जिल्लाको पुर्नवास नगरपालिका–६ की ७० वर्षीया सुना निरौलाको शनिबार बाघको आक्रमणमा परेर मृत्यु भएको हो।
सीमाक्षेत्रबाट करिब अढाई किलोमिटरभित्र बाघले वृद्धाको ज्यान लिएको खबर पाइएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले जानकारी दिए।
प्रहरीले घटनास्थल भारतीय क्षेत्रमा भएकाले आवश्यक प्रक्रिया पनि उतैबाट हुने जनाएको छ । “आवश्यकताअनुसार भारतीय पक्षले हामीसँग पनि समन्वय गर्नेछ”, प्रहरी निरीक्षक कार्कीले भने, “तर भारतीय पक्षबाट अहिलेसम्म केही खबर आएको छैन ।”