पोखरा , १३ पुष २०८२।
संखुवासभामा गएराती दुई वटा मोटरसाइकल एकापसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
खाँदबारी–तुम्लिङटार सडकमा सभाखोलाबाट तुम्लिङटार आइरहेको को १८ प ७१७६ नम्बरको मोटरसाइकल र तुम्लिङटारबाट सभाखोलातर्फ गइरहेको प्रदेश १–०२–०४३ प २२७७ नम्बरको मोटरसाइकल कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–तुम्लिङटार सडकखण्डमा एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो भने दुईजना घाइते भएका हुन् ।
उक्त दुर्घटनामा परेर खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४५ वर्षीय धनबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते को १८ प ७१७६ नम्बर मोटरसाइकलमा पछाडि सवार धनबहादुर सुनारको उपचारका क्रममा मनकामना सामुदायिक अस्पतालमा मृत्यु भएको हो ।
त्यस्तैगरी खाँदबारी–९ का मोटरसाइकल चालक ४८ वर्षीय चक्रबहादुर सुनार र धनकुटाको छथर जोरपाटी गाउँपालिका–३ का ५५ वर्षीय यज्ञबहादुर श्रेष्ठ घाइते भएका प्रहरीले जनाएको छ । घाइतेको मनकामना सामुदायिक अस्पताल तुम्लिङटारमा उपचार भइरहेको छ ।