मुद्रण उद्योग संघ कास्कीको नेतृत्वमा सर्वसम्मत : अध्यक्ष बने दिनेशचन्द्र बास्तोला

मुद्रण उद्योग संघ कास्कीको नेतृत्वमा सर्वसम्मत : अध्यक्ष बने दिनेशचन्द्र बास्तोला


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १२ पुष २०८२
  • 2.9K
    Shares

पोखरा,१२ पुष २०८२।

पोखरा । मुद्रण उद्योग संघ कास्कीको छैठौँ अधिवेशन तथा १६ औँ साधारणसभाबाट दिनेशचन्द्र बास्तोलाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

आज लेखनाथमा सम्पन्न संघको छैठौँ अधिवेशनबाट बास्तोलाको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा रामप्रसाद भुर्तेल, प्रथम उपाध्यक्षमा प्रकाशराज पौडेल, द्वितीय उपाध्यक्षमा पदम श्रेष्ठ, महासचिवमा राजन कुमाल, सचिवमा अनन्त प्रधानाङ्ग, कोषाध्यक्षमा झंकनाथ अधिकारी (नारायण) तथा सह–कोषाध्यक्षमा मनोज बास्तोला चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा कृष्ण रञ्जित, सुमन श्रेष्ठ, नवीन श्रेष्ठ र रोजिना श्रेष्ठ रहेका छन् ।

यस अघि उक्त अधिबेशनको नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद तिवारीले उद्घाटन गरेका थिए। त्यस अवसरमा केन्द्रीय अध्यक्ष तिवारीले मुद्रण पेशालाई राज्यले अझै स्पष्ट रूपमा नचिन्नु दुःखद भएको उल्लेख गर्दै व्यवसायीको हक–हितका लागि निरन्तर संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा महासंघका केन्द्रीय पूर्व अध्यक्ष माधव केसी, बरिष्ठ उपाध्यक्ष गोपाल ढकाल, निवर्तमान महासचिव कमल पोखरेल, केन्द्रीय सदस्यहरू कोपिला श्रेष्ठ र बसन्त बास्तोला, गण्डकी प्रदेश अध्यक्ष मनोहर दाहाल, पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोला लगायतले मन्तव्य राखेका थिए ।
अध्यक्ष चिन्तामणी बास्तोलाको अध्यक्षतामा भएको साधारण सभाको प्रथम सत्र महासचिव पदम श्रेष्ठ र बन्द सत्र सचिव राजन कुमालले सञ्चालन गरेका थिए ।

संघका अध्यक्ष चिन्तामणी बास्तोलाको अध्यक्षतामा सम्पन्न १६ औँ साधारण सभाको बन्द सत्रमा महासचिवको प्रतिवेदन पदम श्रेष्ठ, कोषाध्यक्षको प्रतिवेदन अनन्त प्रधानाङ्ग तथा प्रथम उपाध्यक्ष रामप्रसाद भुर्तेलले विधान संशोधनको प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदनहरू साधारण सभाबाट सर्वसम्मत रूपमा पारित भएको मुल आयोजक उपसमितिका संयोजक बसन्त बास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया