पोखरा , १२ पुष २०८२।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवको सरुवा गरेको छ ।
मन्त्रालयले शुक्रबार राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिव वा सो सरहका ३० जना कर्मचारीको सरुवा गरेको हो ।
३० जना उपसचिवको सरुवा गर्दा नौ जनालाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
विभिन्न ५ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका उपसचिवलाई अन्यन्त्र काज तथा सरुवा गरिएको छ ।


