कास्कीको पोखरा लेखनाथ महानगरापलिकाको मतगणना सुरु(फोटो फिचर सहित )

कास्कीको पोखरा लेखनाथ महानगरापलिकाको मतगणना सुरु(फोटो फिचर सहित )


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, १ जेष्ठ २०७४
  • 36.5K
    Shares

कास्की, जेठ १ – कास्कीको पोखरा लेखनाथ महानगरापलिकाको मतगणना सुरु भएको छ ।

दलहरुको सर्वदलिय बैठकले कास्कीको मतगणना बिहान साढे १२ : ३० बजेबाट सुरु गर्ने सहमति भएबमोजिमा मतगणना गर्न लागिएको प्रमुख निर्वाचन अधिकृत ग.गाप्रसाद सुवेदीले जानकारी दिए ।

पोखरा लेखनाथको प्रमुख तथा उपप्रमुखमा ५ -५ जनको उम्मेदवारी परेको छ ।

जसमा कांग्रेस माओवादीका तर्फबाट मेयरमा रामजी कुवँर र सरस्वती गुरुङ तथा एमालेबाट मान बहादुर जीसी र मन्जु गुरुङ  राप्रपाबाट गीता गुरुङ र रमेश खत्री उम्मेदवार रहेका छन् ।

पोखरा लेखनाथ महानगरपालिकाका ३३ वडामा कुल मतदाता १ लाख ६८ हजार ६७ जना रहेका छन् ।
यस पटकको स्थानीय तहको निर्वाचनमा विभिनन पदमा महिला उम्मेदवार ३३३ जना तथा पुरुष उम्मेदवार ५०५ रहेका छन् ।

मेयरका उम्मेदवार

नेपाली कांग्रेसका रामजी कुँवर 

एमालेका मानबहादुर जिसी 

राष्ट्रिय प्रजातन्त्र पार्टीका गीता गुरुङ 

उपमेयरका उम्मेदवार

नेपाली कांग्रेसका सरस्वती गुरुङ 

माओवादी केन्द्रका गोमा ढकाल 

एमालेका मञ्जुदेवी गुरुङ 

राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश खत्री 

मतपत्र गन्दै कर्मचारी
मतपत्र गन्दै कर्मचारी
निर्वाचन अधिकारी नागेन्द्र लाल कर्ण

प्रतिक्रिया