पोखरामा बोलेरो जिपले स्कुटरलाई ठक्कर दियो : एक युवाको मृत्यु, अर्का युवा घाइते

पोखरामा बोलेरो जिपले स्कुटरलाई ठक्कर दियो : एक युवाको मृत्यु, अर्का युवा घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ पुष २०८२
  • 8.4K
    Shares

पोखरा , ११ पुष २०८२।

पोखरामा बोलेरो जिपले स्कुटरलाई ठक्कर दिंदा एक युवाको मृत्यु भएको छ भने अर्का युवा घाइते भएका छन्।

बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग ३ च १९०३ नम्बरको सिङ्गल क्याब बोलेरो जिपले बिहिबार राती १० बजेको समयमा राष्ट्रबैंक चोकदेखी मुस्ताङचोकतर्फ आउँदै गरेको ग ९ प ६१८५ नं.को स्कुटरलाई पोखरा १७ मुस्ताङचोकमा ठक्कर दिंदा एक युवाको मृत्यु भएको हो भने अर्का युवा घाइते छन्।

उक्त दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ३ स्थायी ठेगाना भएका २० वर्षीय विवेक रानाभाटलाई तत्काल उद्धार गरेर उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

सोही स्कुटरको पछाडी सवार गोरखाको सिरानचोक गाउँपालिका वडा नं. १ घर भई हाल पोखरा १७ घारीपाटन बस्ने वर्ष २० का प्रविन गुरुङको घाइते अवस्थामा गण्डकी मेडिकल कलेज पोखरामा नै उपचार भैरहेको प्रहरीले बताएको छ।

वडा प्रहरी कार्यालय बैदाम पोखराको टोलीले त्यस दुर्घटनापश्चात भागेको उक्त सिङ्गल क्याब बोलेरो जिप र चालक चितवन इच्छाकामना गाँउपालिका वडा नं. ३ स्थायी वतन भएका वर्ष २० का देव बहादुर गुरुङलाई पोखरा ७ मास्वारबाट आज बिहान नियन्त्रणमा लिएको प्राप्त जानाकारीमा उल्लेख गरिएको छ।

सवारी दुर्घटना गराई फरार रहेको सवारी साधन सहित चालक पक्राउ
मिति २०८२।०९।१० गते अं.२२:४८ बजेको समयमा जिल्ला कास्की पोखरा
महानगरपालिका वडा नं. ७ मुस्ताङचोक स्थित बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको
नम्बर नखुलेको बोलेरो जिपले राष्ट्रबैंक चोकदेखी मुस्ताङचोकतर्फ आउँदै गरेको ग ९ प
६१८५ नं.को स्कुटरलाई ठक्कर दिई फरार भएको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी
कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले घाईते स्कुटर चालक जिल्ला स्याङ्जा
फेदीखोला गाउँपालिका वडा नं. ३ स्थायी वतन भएका वर्ष २० का विवेक रानाभाट र
पछाडी सवार जिल्ला गोरखा सिरानचोक गाउँपालिका वडा नं. १ घर भई हाल जिल्ला
कास्की पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन बस्ने वर्ष २० का प्रविन गुरुङलाई
उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगेकोमा उपचारको क्रममा स्कुटर चालक
विवेक रानाभाटको मिति २०८२।०९।११ गते विहान चिकित्सकद्वारा मृत्यु घोषणा गरेको,
पछाडी सवार प्रविन गुरुङको उपचार भईरहेको । दुर्घटना गराई फरार रहेको सवारी साधन
तथा चालकको खोजतलास एवं अनुसन्धान गर्दै जाँदा मिति २०८२।०९।११ गते अं.
०९:०० बजेको समयमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ७ मासबार स्थितबाट ग ३ च १९०३
नम्बरको सिङ्गल क्याब बोलेरो जिप सहित चालक जिल्ला चितवन इच्छाकामना
गाँउपालिका वडा नं. ३ स्थायी वतन भएका वर्ष २० का देव बहादुर गुरुङलाई नियन्त्रणमा
लिई थप अनुसन्धान पकृया अगाडी बढाइएको ।

प्रतिक्रिया