लमजुङमा भालुको आक्रमणमा परेर एक युवा घाइते

लमजुङमा भालुको आक्रमणमा परेर एक युवा घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ पुष २०८२
  • 3.5K
    Shares

पोखरा , ११ पुष २०८२।

लमजुङमा भालुको आक्रमणमा परेर एक युवा घाइते भएका छन्।

जिल्लाको दोर्दी गाउपालिका वडा नम्बर ७ नागी का २६ वर्षीय रस बहादुर तामाङ भालुको आक्रमणमा परेर घाइते भएका हुन्।

घरबाट नजिकै रहेको गोठमा जाने क्रममा उनलाई भालुले आक्रमण गरेको प्राप्त समाचारमा जनाइएको छ। उनको अनुहार, दुवै हात र वाँया खुट्टामा चोट छ भने अवस्था मध्यम छ।

घाइते रस बहादुर तामाङलाई तत्काल उपचारका लागि एलाईभ अस्पताल चितवनमा लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया