पोखरा , ११ पुष २०८२।
पाँच दिनसम्म उठेन सुशीलाको शव
पेट्रोल छर्किएर आगो लगाई हत्या गरिएकी सुशीला घिसिङ (बम्जन) को शव पाँच दिन हुँदा पनि उठ्न सकेको छैन। शव सिन्धुली अस्पतालमा छ ।
माइतीपक्षले सुशीलाका पति सूर्यबहादुर बम्जनलाई दक्षिण कोरियाबाट झिकाउनुपर्ने र तीन सन्तान (बालबालिका)का नाममा पैत्रिक सम्पत्ति नआएसम्म शव नबुझ्ने अडान राखेका छन् ।
मृतक सुशीलाका तीन नाबालक छोराछोरी मामाघर छन् ।
घटनाप्रति आक्रो’शित स्थानीयले शुसीलालाई मार्न आदेश दिएको आरोप लागेका उनका श्रीमानलाई कोरियाबाट झिकाएर कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्। यही मागसहित स्थानीयले आरोपितको घरमा तोडफोडसमेत गरेका छन्।