अर्घाखाँचीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भाग लिने बिद्यार्थीहरु बोकेको जिप दुर्घटनाग्रस्त : चालकको मृत्यु, अन्य १४ जना घाइते (सुचीसहित)

अर्घाखाँचीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भाग लिने बिद्यार्थीहरु बोकेको जिप दुर्घटनाग्रस्त : चालकको मृत्यु, अन्य १४ जना घाइते (सुचीसहित)


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ११ पुष २०८२
  • 5.7K
    Shares

पोखरा , ११ पुष २०८२।

अर्घाखाँचीमा पालिकास्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भाग लिने बिद्यार्थीहरु बोकेको जिप दुर्घटनाग्रस्त हुँदा चालाकको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

भुमिकास्थान नगरपालिकाको पालिकास्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भाग लिन जनजागृती मा.वि.का विद्यार्थी र खेल शिक्षक बोकेर रातापोखरा तर्फ जाँदै गरेको लु २ च ५१७९ नं.को डवल क्याप जिप भूमिकास्थान नगरपालिकाको छिर्लिङ खोलामा खसेर भएको दुर्घटनामा परि चालकको मृत्यु भएको हो।

उक्त दुर्घटनामा परेर भुमिकास्थान नगरपालिका वडा नम्बर १० पाकु वस्ने ४५ वर्षीय रुद्र बहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सोही दुर्घटनामा परेर घाइते भएका १४ जना मध्ये तीन जनालाई थप उपचारको लागि बुटल रिफर गरिएको र तीन जनालाई सामान्य उपचारपछि घर पठाइएको र बाकी ८ जनाको जिल्ला अस्पताल अर्घाखाँचीमै उपचार चलिरहेको अस्पताल स्रोतले जनाएको छ !

दुर्घटनामा परेर मृत्यु तथा घाइते भएकाहरु

१. जिल्ला अर्घाखाँची भुमिकास्थान न.पा.१० पाकु वस्ने वर्ष ४५ को रुद्र ब. पुन मगरको टाउकोमा चोट अवस्था सिरियस (चालक) , ऐ.१२:२० बजे डाक्टरले मृत घोषणा गरेको ।

२. ऐ.ऐ. वस्ने वर्ष १७ कि वर्षा रानाको पेटमा भित्री चोट अवस्था मध्यम,

३. ऐ.ऐ. वस्ने वर्ष १६ को विप्लव पुन टाउकोमा चोट अवस्था मध्यम, ऐ.१३:०० बजे थप उपचारको लागी वुटवल तर्फ रिफर भएको उपचारमा काका शिव पुन (९८४७१५७४६५)

४. ऐ.ऐ. टोड्के वस्ने वर्ष ४० को शेषकान्त गैरे दायाँ हातमा चोट अवस्था मध्यम,

५. ऐ.ऐ. स्याङल्याङ वस्ने वर्ष १६ कि अमिसा खनालको वायाँ हात र वाया खुट्टामा चोट अवस्था मध्यम,

६. ऐ. शितगंगा न.पा. ६ भनभने वस्ने वर्ष १५ को विकास पेन्नीको वायाँ खुट्टामा चोट अवस्था मध्यम,

७. जिल्ला अर्घाखाँची भुमिकास्थान न.पा.१० पाकु वस्ने वर्ष १५ कि रितु घर्ति मगरको टाउकोमा भित्री चोट अवस्था मध्यम

८. ऐ.ऐ.१० स्याङल्याङ वस्ने वर्ष १८ कि सिम्रन घर्ति मगरको ढाड र दाया हातमा चोट अवस्था सामान्य

९. ऐ.ऐ. वस्ने वर्ष १६ कि रञ्जिता थापाको छातिमा भित्रीचोट अवस्था सामान्य

१०. ऐ.ऐ. वस्ने वर्ष १४ कि वर्षा खनालको ढाडमा भित्री चोट अवस्था सामान्य

११. ऐ.ऐ. वस्ने वर्ष १८ कि अस्मिता नेपालीको वाया हातमा भित्री चोट अवस्था सामान्य

१२. ऐ.ऐ वस्ने वर्ष १२ कि अमृता नेपालीको वाया हात र वाया कानमा चोट अवस्था सामान्य

१३. ऐ.ऐ. १० धनचौर वस्ने वर्ष १७ को आयुष नेपालीको वाया कुम र ढाडमा चोट अवस्था सामान्य

१४. ऐ.ऐ. वस्ने वर्ष १६ कि वसन्ता थापाको ढाड र खुट्टामा भित्री चोट अवस्था सामान्य

१५. जिल्ला अर्घाखाँची शितगंगा न.पा. १० भनभने वस्ने वर्ष १५ को सुन्दर घर्ति मगरको ढाडमा भित्री चोट अवस्था सामान्य ।

१५ जना मध्ये थप उपचार को लागि ३ जना बुटवल रिफर भएको ।

प्रतिक्रिया