काठमाडौंको बालाजुमा गएराती ट्रकले मोटरसाइकललाई ठक्कर दियो : एक जनाको मृत्यु अर्का घाइते

काठमाडौंको बालाजुमा गएराती ट्रकले मोटरसाइकललाई ठक्कर दियो : एक जनाको मृत्यु अर्का घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १० पुष २०८२
  • 6K
    Shares

पोखरा, १० पुष २०८२।

काठमाडौंको बालाजुमा गएराती भएको सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

बालाजुस्थित बाइसधारा गेट नजिकै राति करिब साढे १० बजेको समयमा तीव्र गतिमा रहेको र, बागमती प्रदेश ०१-००६ ख ३४५४ नम्बरको ट्रकले लु.५९प ७०६४ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् ।

उक्त दुर्घटनामा मोटरसाइकलमा सवार अर्घाखाँचीको मालारानी गाउँपालिका –५ घर भई हाल काठमाडौँको बसुन्धरा बस्ने २१ वर्षीय सागर खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई तत्काल उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। उनको उपचारको क्रममा राति सबा ११ बजे मृत्यु भएको हो। 

दुर्घटनामा अर्घाखाँची सन्धिखर्क नगरपालिका घर भई हाल काठमाडौँ–१६ बालाजु हाइट बस्ने २२ वर्षीय लक्ष्मण राउतÞ गम्भीर घाइते भएका छन्। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

शरीरका विभिन्न भागमा चोट लागेका उनी बोल्न नसक्ने अवस्थामा रहेका प्रहरीले जानकारी दिएको छ। दुर्घटनापछि टिपर चालक फरार छन्। टिपर भने बालाजु प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार