पोखरा, १० पुष २०८२।
इलामको माइजोगमाई ४, नामसालिङ घर भएका असई मनिष देवान श्रीमती सन्तोषी थापासहित जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको कन्टोल रुम (सञ्चार शाखामा संगै काम गरिरहेका थिए। उनको जिल्ला प्रहरी कार्यालय उदयपुरमा सरुवा भए पछि उनले मङ्सिर २३ गते त्यहाँ जान रमाना समेत बुझेका थिए।
तर फुङलिङ नगरपालिका-५ बिरेन्द्र चोकस्थित डेरामा बसिरहेका बेला उनी अचानक बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो । अस्पतालमा चेकजाँचका क्रममा सोमबार साँझ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जानकारी दिएको छ । उनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।