पोखरा, १० पुष २०८२।
महोत्तरीमा बुधबार दिउसो भएको मोटरसाउकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने काका घाइते भएका छन्।
ढुङ्ग्रे गढन्ताबाट बर्दिबासतर्फ आउँदै गरेको प्रदेश २–०२–००४ प ७६७६ नम्बरको मोटरसाइकल बर्दिबास नगरपालिका-५ स्थित ढुङ्ग्रे गढन्ता भित्री सडक खण्डमा बुधबार दिउसो करिब १ बजे अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा दुई जनाको मृत्यु भएको हो।
उक्त मोटरसाइकल दुर्घटनामा परेर सोही मोटरसाइकलमा सवार बर्दिबास नगरपालिका–१० भालुझोरा निवासी करिब ३५ वर्षीया रश्मी बि.के. र पांच वर्षीय रोमन रसाइलीको मृत्यु भएको हो प्रहरीले जानकारी दिएको छ ।
त्यस दुर्घटनामा रश्मी बि.के.को घटनास्थलमै मृत्यु भएको र रोमन रसाइलीको उपचारका क्रममा बर्दिबासस्थित शुभ स्वास्तिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालकका छोरा करिब ३३ वर्षीय सुरेश रसाइलीको दाहिने खुट्टा भाँचिएको छ। उनको अवस्था मध्यम रहेको र बर्दिबासस्थित शुभ स्वास्तिक अस्पतालमा उपचार भइरहेको छ।गम्भीर घाइते रुपेश रसाइलीका छोरा करिब पाँच वर्षीय छोरा रोमन रसाइलीको उपचारका क्रममा बुधबार दिउँसो १ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी नायब उपरीक्षक विकास बमको कमाण्डमा प्रहरी टोली खटिएको जिल्ला प्रहरीले जनाएको छ।