पोखरा , ८ पुष २०८२।
लमजुङ सदरमुकाम बेंशीशहरमा किराना पसलको आवरणमा यौनधन्दा चलाउने एक युवती पक्राउ परेकी छिन् भने त्यहाँबाट तीन जना नाबालिकाहरुको उद्धार गरिएको छ।
किराना पसल तथा होटलको आवरणमा नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको आरोपमा लमजुङ प्रहरीले बेंशीशहर –८ स्थित एक किराना पसलकी संचालिका ४५ वर्षीया कोपिला श्रेष्ठलाई पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जिकिर गरेको छ ।
उक्त किराना पसलमा बेश्यावृत्ति गर्न बाध्य पारिएका तीनजना नाबालिकाहरुको प्रहरीले को उद्धार गरेको प्राप्त समाचारमा जनाइएको छ।
सञ्चालिका श्रेष्ठले आर्थिक अवस्था कमजोर भएका नाबालिकाहरूलाई ‘किराना पसलमा काम दिने’ प्रलोभन देखाइ ल्याउने गरेको खुलेको छ। काममा राखेपछि पसलको पछाडिको भागमा छुट्टै कोठाको व्यवस्था गरी पुरुष ग्राहकहरूसँग सम्पर्क गर्न बाध्य पार्ने गरेको प्रहरीले जनाएको छ।