लमजुङ , ८ पुष २०८२।
कास्की कारागारबाट भागेका एक बन्दी लमजुङमा पक्राउ परेका छन्।
जेन-जी आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका लमजुङ, दुधपोखरी-५ कोल्की निवासी वर्ष ४५ का मनबहादुर गुरुङ आज पक्राउ परेका हुन्। ज्यानमुद्दाका बन्दी रहेका उनलाई आज बिहान प्रहरी चौकी गौंडाको टोलीले पक्राउ हो।
गुरुन्लाई आजै कास्की कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
यसैबीच जिल्ला प्रहरी कार्यालय लमजुङले एक बिज्ञप्तिमार्फत आफ्नो टोलछिमेकमा फरार प्रतिवादी देखेमा नजिकको प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ।
फरार भएका जिल्ला लमजुङ, दुधपोखरी गाउँपालिका वडा नं. ०५, कोल्की निवासी कर्तव्य ज्यान सम्बन्धि कसुर मुद्दाका थुनुवा
वर्ष ४५ का मनबहादुर गुरुङलाई आज पौष ८ गते बिहान प्रहरी चौकी गौंडाको टोलीले पक्राउ गरी कानुनी दायरामा ल्याई कास्की कारागारमा बुझाइएको छ।
आफ्नो टोलछिमेकमा फरार प्रतिवादी सम्वन्धी सुचना पाउनुभएमा नजिकको प्रहरी कार्यालय वा १०० मा फोन गरि जानकारी गराईदिनहुन सम्पूर्ण सचेत नागरिकहरुमा जिल्ला प्रहरी कार्यालय, लमजुङ हार्दिक अनुरोध गर्दछ ।