स्याङजाका युवा ठुलो मात्रामा लागू औषध सहित पोखराबाट पक्राउ

स्याङजाका युवा ठुलो मात्रामा लागू औषध सहित पोखराबाट पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ८ पुष २०८२
  • 6.3K
    Shares

पोखरा, ८ पुष २०८२।

ठुलो मात्रामा लागू औषध सहित पोखराबाट एक युवा पक्राउ परेका छन्।

स्याङजाको भिरकोट नगरपालिका वडा नं. ३ बस्ने वर्ष २६ का जितेन गुरुङ पोखराबाट ठुलो मात्रामा लागू औषध सहित पक्राउ परेका हुन्।

ग २० प ६७३९ नम्बरको स्कुटरमा सवार उनलाई प्रहरीले गत शुक्रबार पोखरा महानगरपालिका वडा नं.४ छब्बिस कुरियामा सवारी चेकिङ गर्ने क्रममा ठुलो मात्रामा लागू औषधसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

सवारी चेकिङ्ग गर्ने क्रममा उनले भिरेको झोलाबाट STAGGAN 25 लेखेको- १९ ट्याब्लेट, NITRAVET 10 लेखेको- ५१ ट्याब्लेट, डाईजापाम- ३ एम्पुल, ब्रुफिनुर्फिन- ३ एम्पुल र फेनेरागन- ३ एम्पुल र नगद रु.१४ हजार बरामद गरेको प्रहरीले उनी बसेको होटलबाट थप ठुलो मात्रामा लागू औषध बरामद भएको बताएको छ।

शुक्रबार पक्राउ परेका गुरुङलाई प्रहरीले सोधिखोजिका क्रममा पोखरा ९ नागढुङ्गा स्थित पर्वत स्याङ्जा दिपक होटलमा आफुले लागू औषध राखेको खुलाए पछि उनको कोठामा खानतलाश गरेको थियो। त्यस क्रममा उक्त कोठाबाट लागू औषध डाईजापाम- ९९ एम्पुल, फेनेरागन-९८ एम्पुल र ब्रुफिनुर्फिन-९७ एम्पुल गरी जम्मा दूइसय ९४ एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया