बहिनिज्वाईसमेत मिलेर ललितपुरमा जेठानको हत्या : इनारमा तैरिएको अवस्थामा भेटियो शब

बहिनिज्वाईसमेत मिलेर ललितपुरमा जेठानको हत्या : इनारमा तैरिएको अवस्थामा भेटियो शब


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ पुष २०८२
  • 6.4K
    Shares

पोखरा, ६ पुस २०८२।

बुल्गेरिया उड्ने तयारीमा रहेका एक व्यक्तिलाई उनकै बहिनिज्वाईसमेत मिलेर हत्या गरेर ललितपुरस्थित इनारमा फालेको खुलासा भएको छ।

बुल्गेरिया उड्ने तयारीमा रहेका सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुलाई उनकै बहिनी–ज्वाईं देवराज ढुंगेल लगायतले हत्या गरेर ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरेफाँटस्थित फार्म हाउस नजिकको इनारमा फालेको खुलेको छ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका बहिनी–ज्वाईं २१ वर्षीय देवराज ढुंगेललाई प्रहरीले पक्राउ गरिसकेको छ। ढुंगेलले आफू समेत मिलेर जेठान केशवराज हायुलाई हत्या गरेर ललितपुरको शेरेफाँटस्थित इनारमा लगेर फालेको प्रहरीसमक्ष स्वीकार गरेका छन्।

प्रहरीका अनुसार , केशवराज हायुले आफु विदेश जाने भए पछि  ललितपुरमा आफूले चलाइरहेको फार्म हाउस रोल्पाको दीपक थापा मगरलाई बेचेका थिए। त्यही फारम हाउसको इनारमा गएको पुष २ गते बोरामा प्याक गरेर फालेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी होबिन्द्र बोगटीले बतए । अद्यापि उनी मंसिर २४ गते देखि बेपत्ता भएका थिए।

शेरेफाँटका स्थानियले इनारमा बोरामा प्याक गरिएको केही तैरिएको जस्तो देखेर प्रहरीलाई खबर गरेका थिए। प्राप्त सुचनाका आधारमा घटनास्थलमा पुगेर तैरिरहेको बोरा निकाल्दा कम्मरभन्दा माथि कपडा नभएको अवस्थामा उनको शव भेटिएको प्रहरीले बताएको छ।

शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । उनको टाउकोमा गह्रौँ बस्तुले प्रहार गरेर हत्या गरिएको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको ललितपुरका एसएसपी बोगटी बताउँछन् । 

हत्यामा संलग्न आशंकामा प्रहरीले बहिनि-ज्वाई देवराज ढुंगेललाइ पक्राउ गरेर अनुसन्धान शुरु गरिसकिएको बताएको छ । उनीसहित कम्तीमा तीन जना मिलेर हत्या गरेको आशंका गरिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘समूहले हत्या गरेर मोटरसाइकलमा ल्याएर तरकारी फार्मको इनारमा फालेको हाम्रो अनुसन्धान निष्कर्ष छ ।’

ललितपुरस्थित खोला किनारामा मदिरा सेवन गरेर आरोपीहरूले उनको हत्या गर्ने योजना बनाएको खुलेको छ । केशवराजको शव खुट्टा र मुख टेपले बाँधेको अवस्थामा भेटिएको थियो । अनुसन्धान अधिकृतहरूले हत्यामा प्रयोग भएको ह्यामर, टेप र चप्पल बरामद गरेका छन् । घटनास्थलमा भेटिएको चप्पल देवराजको भएको पुष्टि भएको छ ।

प्रतिक्रिया