दार्चुलामा जिप दुर्घटना : एक जनाको मृत्यु, अर्को एक जना घाइते

दार्चुलामा जिप दुर्घटना : एक जनाको मृत्यु, अर्को एक जना घाइते


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ६ पुष २०८२
  • 2.8K
    Shares

पोखरा ६ पुष २०८२।

दार्चुलामा गएराती जिप दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

दार्चुलाको लटिनाथबाट शेरीतर्फ जाँदै गरेको सुपप्र ०१००१ च २६०४ नम्बरको जीप मार्मा गाउँपालिका–३ भैसे भन्ने स्थानमा शनिबार राति ९ बजे दुर्घटना दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको हो भने अर्को एक जना घाइते भएका हुन् । जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

दार्चुलाको मार्मा गाउँपालिका–३ भैसे भन्ने स्थानमा शनिबार राति ९ बजे भएको जिप दुर्घटना

दुर्घटनामा परी मार्मा गाउँपालिका–६ का केशवराज जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टले जानकारी दिए।

सोही दुर्घटनामा परेर जीपका चालक माधव महरा घाइते भएका छन् ।घाइते महरालाई उपचारका लागि लटिनाथ स्वास्थ्यचौकी पठाइएको छ ।

प्रतिक्रिया