पोवटी घटनाका ११ घाइते सेनाको एमआई १७ हेलिकप्टरमार्फत काठमाडौं लगियो

पोवटी घटनाका ११ घाइते सेनाको एमआई १७ हेलिकप्टरमार्फत काठमाडौं लगियो


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ बैशाख २०७४
  • 18.7K
    Shares

वैशाख ३१, २०७४- दोलखाको पोवटीस्थित मतदान केन्द्रमा भएको झडपमा प्रहरीको गोली लागि घाइते भएका ११ जनालाई साँझ काठमाडौं पठाइएको छ । सेनाको एमआई १७ हेलिकप्टरमार्फत उनीहरुलाई काठमाडौं लगिएको हो ।

घाइते ११ जनामा अधिकांशको घुँडामुनी गोली लागेको छ । उनीहरुमध्ये ४ जनाको अवस्था गम्भीर रहेको चरिकोट अस्पतालका चिकित्सक विनोद दंगालले बताए ।

गोली लागि घाइते मोहनबहादुर बुढाथोकी, प्रकाश खत्री, निर्मल कोइराला, प्रविण बस्नेत, उद्धब बुढाथोकी,

रामशरण ठकुरी, रोशन भुजेल, गुणराज बस्नेत, घलेन्द्र बुढाथोकी, भुवन थापा, नारायण बस्नेतलाई काठमाडौं लगिएको हो ।

प्रतिक्रिया