पोखरा ५ पुष २०८२।
काठमाडौंको एक रिसोर्टमा एक युवा मृत भेटिएका छन्।
जिल्लाको बूढानीलकण्ठ नगरपालिका–२, बदेलीस्थित ढुंगेधारा रिसोर्टमा शनिबार ३२ वर्षीय युवा मृत भेटिएका हुन्।
धादिङको ज्वालामुखी गाउँपालिका–४ घर भई काठमाण्डौको बालाजु बस्दै आएका ३२ वर्षीय रामहरि दुवाडीको शव उक्त रिसोर्टको १०२ नम्बर कोठामा भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।