पोखरा ५ पुष २०८२।
झापाको गिरीबन्धु टी–स्टेट नजिक मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा दुई युवाको मृत्यु भएको छ।
चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल झापाको बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टी–स्टेट नजिक पूर्व–पश्चिम राजमार्गमा आज साँझ करिब साढे पांच बजेको समयमा दुर्घटनाग्रस्त हुँदा दुई युवाको मृत्यु भएको हो।
उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको भद्रपुर नगरपालिका–५ निवासी २५ वर्षीय भूपाल अधिकारी र मोटरसाइकलको पछाडी सवार हालसम्म नाम, थर र वतन नखुलेका करिब २५–२६ वर्ष उमेरका युवाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उनीहरुलाई तत्काल उद्धार गरेर उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पुर्याइएकोमा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका प्राप्त समाचारमा जनाइएको छ।
झापाको बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टी–स्टेट नजिक पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घ टनामा दुई जनाको मृ त्यु भएको छ।आज ५ गते साँझ करिब ५:३० बजेको समयमा चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल दुर्घ टना भएको हो। दुर्घ टनामा मोटरसाइकल चालक जिल्ला झापा भद्रपुर नगरपालिका–५ निवासी २५ वर्षीय भूपाल अधिकारी र मोटरसाइकलमा सवार हालसम्म नाम, थर र वतन नखुलेका करिब २५–२६ वर्ष उमेरका एक पुरुष गम्भी र घा इते भएका थिए।घाइते दुवै जनालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल पठाइएकोमा चिकित्सकले साँझ ६:१५ बजे दुवै जनालाई मृ त घोषणा गरेका थिए। मृत कको श व हाल सोही अस्पतालको श वगृहमा राखिएको झापा प्रह रीले जनाएको छ।