पोखरा , ५ पुष २०८२।
उदयपुरमा गएराति एक युवाले आफ्नै भाइको हत्या गरेर अधर्मी काम गरेका छन्।
जिल्लाको त्रियुगा नगरपालिका १ मा वर्ष ४३ का युवराज राईले आफ्नै ३० वर्षीय भाइ धर्मराज राईको हत्या गरेर अधर्मी काम गरेका हुन्।
आमालाई कुटपिट गरेको देखेपछि छुट्टाउन भनेर गएका भाई धर्मराजलाई युवराजले धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार , खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याएकोमा राति २ बजे मृत्यु भएको थियो ।
प्रहरीले उक्त हत्या सम्बन्धमा आबश्यक अनुसन्धान भैरहेको जनाएको छ।