बाराका फोटो पत्रकार फैजुल्लाह आलमको मस्तिष्कघातबाट निधन

बाराका फोटो पत्रकार फैजुल्लाह आलमको मस्तिष्कघातबाट निधन


  • जन संचार
  • शनिबार, ५ पुष २०८२
  • 4.2K
    Shares

पत्रकार फैजुल्लाह आलम

पोखरा , ५ पुष २०८२।

बाराका फोटो पत्रकार फैजुल्लाह आलमको मस्तिष्कघातबाट निधन भएको छ।

परवानीपुर गाउँपालिका लिपनी निवासी ५५ वर्षीय आलमको शुक्रबार साँझ उपचारको क्रममा चितवनको भरतपुर अस्पतालमा निधन भएको हो। उनको ब्रेन हेमरेज (मस्तिष्कघात) भएपछि उपचारको लागि अस्पताल भर्ना गरिएको थियो।

पछिल्लो समय उनी पर्साबाट प्रकाशित हुने प्रतीक दैनिकमा कार्यरत थिए। 

पत्रकार महासंघ मधेस प्रदेशका महासचिव शैलेन्द्र महतोले शोक विज्ञप्ति जारी गर्दै आलमको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनको निधनप्रति प्रेस सेन्टर बाराका सचिव अखिलेश यादवले पनि विज्ञप्तिमार्फत दुःख व्यक्त गरेका छन्। 

प्रतिक्रिया