पोखरा ५ पुष २०८२।
बिराटनगरमा साइकलसंग ठोक्किएर स्कुटर दुर्घटनाग्रस्त हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन् ।
विराटनगर–विराटचोक सडक खण्डअन्तर्गत सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १ मा शुक्रबार दिउसो पुअने तीन बजेतिर को ३६ प ५०९५ नम्बरको स्कुटर बाटो क्रस गर्दै गरेको साइकलसंग ठोक्किंदा भएको दुर्घटनामा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन् । स्कुटर साइकल्सनग ठोक्किएर सडकदेखि तल झाडीमा खसेको थियो।
उक्त दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटरमा पछाडि बसेकी सुन्दरहरैचा नगरपालिका वडा नम्बर १२ की जीवनकुमारी श्रेष्ठको उपचारकै क्रममा नोवेल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ , सोही दुर्घटनामा गम्भीर घाइते भएका उनका श्रीमान बुद्धिमान श्रेष्ठको सोही अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ।
उक्त दुर्घटनामा साइकल चालक सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १का ३५ वर्षीय उमेश खत्री सकुशल रहेको प्रहरील जनाएको छ।