शेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ

शेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ पुष २०८२
  • 4K
    Shares

पोखरा ५ पुष २०८२।

शेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ छन्।

अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौँको चुनदेवीबाट शुक्रबार पक्राउ गरेको हो।

मोरङका ४२ वर्षीय अग्रवाललाई काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। अग्रवाललाई झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूरमा पक्राउ गरिएको प्रहरीको दाबी छ।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबारमा भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर बिक्री गर्दै करिब ४९ लाख १९ हजार रुपैयाँ अवैध नाफा आर्जन गरेको देखिएको छ।

उनीविरुद्ध धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ।

अग्रवाल यसअघि साउन ५ गते पनि पक्राउ परेर छुटेका थिए।

प्रतिक्रिया