जेलबाट भागेको १०१ दिनमा तनहुँबाट एक कैदी पक्राउ

जेलबाट भागेको १०१ दिनमा तनहुँबाट एक कैदी पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ५ पुष २०८२
  • 6.1K
    Shares

पोखरा ५ पुष २०८२।

जेलबाट भागेको १०१ दिनमा तनहुँबाट एक कैदी पक्राउ पक्राउ परेका छन्।

 जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट भागेका एक कैदी एक सय एक दिनपछि तनहुँमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–७ बस्ने २२ वर्षीय सुमन परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनी नकबजनी चोरी मुद्दामा तनहुँ जिल्ला कारागारमा सजाय काटिरहेका थिए ।

गत भदौ २४ गते तनहुँ जिल्ला कारागारबाट भागेका परियारलाई शुक्रबार पक्राउ गरी तनहुँ कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

प्रतिक्रिया