पोखरा, ४ पुष २०८२।
पोखरामा गएराती एक युवाले सुनका गरगहनाका लागि आफ्नी हजुरआमाको हत्या गरेका छन्।
पोखरा महानगरपालिका वडा नं.३१ बाँसपानीका २२ वर्षीय आशिष परियारले सुनका गरगहनाका लागि आफ्नी ७५ वर्षीया हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन्। अभियुक्त आशिषले गएको मध्यराती आफ्नै हजुरआमा दालकुमारीलाई धारिलो हतियार चक्कु र बन्चरोले हानेर हत्या गरेको प्रहरीले बताएको छ।
हजुरआमाको हत्या गरेपश्चात उनले लगाएका सुनका गरगहना लिएर भागेका आशिष परियारलाई प्रहरीले पोखराको बुद्धचोकबाट पक्राउ गरेको छ।
प्रहरीले अभियुक्त आशिषको साथबाट हजुर आमाको शबवाट झिकेर ल्याएको चार थान मुन्द्री र दुई थान रिङ् पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।
भियुक्तबिरुद्ध कास्की जिल्ला अदालतबाट ज्यान सम्बन्धि कसुरमा सात दिनको म्याद थप गरी आबश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ।