पोखरा ४ पुष २०८२।
लागू पदार्थ सेवन गरेर सवारी साधन चलाउने नौ जना स्याङ्जामा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहिबार दिउसो पुतलीबजार नगरपालिका वडा नम्बर ०१ बसपार्कस्थित सिद्धार्थ राजमार्ग सडक खण्डमा सवारी चेकिङ गर्ने क्रममा लागू पदार्थ सेवन गरेर सवारी साधन चलाउने नौ जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा म.प्र.०३-००२ ख. ४१०१ नं. को ट्रक चालक जिल्ला रौतहट, चन्द्रपुर न.पा.वडा नं. ०२ बस्ने २७ वर्षीय अक्षय कुमार चौधरी, ग.१ ख. ५५५५ नं.को हाईस चालक चापाकोट नगरपलिका वडा नं. ४ बस्ने ४१ वर्षीय याम बहादुर गुरुङ, ग. २४ प. ३१० नम्बरको Crossfire मोटरसारईकल चालक वालिङ नगरापालिका वडा नं. १० बस्ने १९ वर्षीय लिजन थापा, लु. ९२ प. ८४२५ नं. को पल्सर मोटरसाईकल चालक स्याङजाको गल्याङ नगरपालिका वडा नं. ८ बस्ने १९ वर्षीय अभिषेक सारु र ग. २० प. ९९९ नं. को KTM मोटरसाईकल चालक वालिङ नगरपालिका वडा नं. ०६ बस्ने २१ वर्षीय सुमन अर्याल रहेको प्रहरीले जानकारी दिएको छ।
त्यस्तै ग. १६ प. ९०४३ नं. को Pulsar मोटरसाईकल चालक स्याङ्जा, भिरकोट नगरपालिका वडा नं. १ बस्ने २३ वर्षीय सुविन गुरुङ, लु. ९४ प. ५८३३ नं. को Yamaha मोटरसाईकल चालक कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नं. ९ बस्ने २३ वर्षीय सोवित कुमार गुप्ता, लु.प्र.०१-०११ प २२३३ नं. को Pulsar मोटरसाईकल चालक कपिलबस्तु, कृष्णनगर ८ बस्ने २३ वर्षीय विबेक कुमार चौधरी र ना. ४५ प. २०५ नं. को स्कूटर चालक स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ८ बस्ने २८ वर्षीय राजिन नेपाली पनि लागू पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ।
उनीहरुबिरुद्ध लागू औषध सेवन मुद्दामा स्याङ्जा जिल्ला अदातलबाट पांच दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।