पोखरा ४ पुष २०८२।
बागलुङमा पिकअपले ठक्कर दिदा पांच वर्षीय बालकको मृत्यु भएको छ ।
म्याग्दी सदरमुकाम बेनीबाट बागलुङ बजारतर्फ आउँदै गरेको ध १ च १३३६ नं को पिकअप जिपले बागलुङ नगरपालिका–४ कुँडुलेस्थित बागलुङ–बेनी सडक खण्डमा ठक्कर दिदा बालकको मृत्यु भएको हो ।
उक्त पिक अपको ठक्करबाट बागलुङको काठेखोला गाउँपालिका–१ धैरेनी बस्ने शिव प्रसाद शर्माको छोरा वर्ष पांचको सूर्य ढुङ्गानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ।
दुर्घटनापश्चात अनुसन्धानका लागि भन्दै प्रहरीले पिक अप चालक पर्वत जिल्ला जलजला गाउँपालिका ८ नाङ्लिबाङ बस्ने वर्ष २५ को सुनिल नेपालीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।