यीनै हुन् दोलखामा गोली हान्ने इन्सपेक्टर

यीनै हुन् दोलखामा गोली हान्ने इन्सपेक्टर


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ बैशाख २०७४
  • 516.5K
    Shares

दोलखाको मेलुङ गाउँपालिका वार्ड नम्बर –१ स्थित पवटी (साविकको पवटी गाविस) को सत्यवर माध्यामिक विद्यालयको मतदान केन्द्रमा प्रहरीको गोली लागेर काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको छ ।

प्रहरीले काँग्रेस र माओवादी केन्द्रका कार्यकार्ताले मतपेटिका लुट्न खोजेपछि गोली चलाउन बाध्य भएको बताउँदा काँग्रेस दोलखाका पूर्वसभापति ताराबहादुर कोइरालाले मतदान गरेर घर फर्किन लागेका कार्यकर्तालाई प्रहरीले गोली हानेको बताए । आफुहरुलाई मतदान केन्द्रमा देखेपछि प्रहरी त्यसै आक्रामक भएको उनले बताएका छन् । भुजेललाई प्रहरी निरीक्षक इन्सपेक्टर विनोद सुनुवारले प्रहार गरेको गोली लागेको हो ।

सुनुवारले पूर्व सभापति कोइरालालाई दागेको गोली ३५ वर्षीय नकुल भूजेलको टाउकोमा लागेको बताइएको छ । अन्धाधुन्द गोली चलाउँदा अन्य १० जना घाइते भएका बताइएको छ । इन्पेक्टर सुनुवारले गोली चलाएपछि प्रमुख जिल्ला अधिकारीलाई रिपोर्ट गर्दा काँग्रेसले बुथ कब्जा गर्न खोज्यो, अनि गोली चलाउनु परेको भनेका, कोइरालाले बताएका छन् ।

घटनाको सत्य तथ्य बुझ्न प्रमुख जिल्ला अधिकारी जयराज बोहरा पवटी पुगेका बताइएको छ । गोली चलेपछि पवटीको मतदान स्थगित भएको छ । विपक्षी एमालेले ३ ठाउँमा धाँधली भएको भन्दै पुन मतदान गराउनु पर्ने भन्दै उजुरी हालेका छन् । Hamrakura.com

प्रतिक्रिया