लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा आज गिरावट, अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ पनि घट्यो

लगातार बढ्दै आएको अमेरिकी डलरको मूल्यमा आज गिरावट, अस्ट्रेलियन डलर, युरो र पाउन्डको भाउ पनि घट्यो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ३ पुष २०८२
  • 6K
    Shares

पोखरा ३ पुष २०८२।

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर घटेको छ। 

केही दिनदेखि निरन्तर बढ्दै आएका यी मुद्राको मूल्य आज घटेको हो। 

आज अमेरिकी डलर १ को खरिदर १४४रुपैयाँ ३२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा छ। 


गएका केही दिनदेखि निरन्तर बढिरहेको अमेरिकी डलरको विनियमदरमा आज गिरावत आएको राष्ट्र बैंकले जनाएको छ। 

हिजो अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९५ पैसा थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरि आज युरो १ को खरिदर १६९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७८ पैसा छ। हिजो युरो १ को खरिदर १७० रुपैयाँ ८६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५६ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९३ रुपैयाँ १९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९५ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ८३ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिदर ९५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८४ पैसा थियो। 

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७० रुपैयाँ १९ पैसा र बिक्रीदर ४७२ रुपैयाँ १४ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ०१ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ७९पैसा र बिक्रीदर ३८४ रुपैयाँ ३८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८७ रुपैयाँ १४ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया