पोखरा ३ पुष २०८२।
जेनजी आन्दोलनका क्रममा प्रहरीको हत्या गरेको आरोपमा गोरखाका एकसहित १० जना पक्राउ परेका छन् । गत भदौ २४ गते महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको निर्घात कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले गोरखाका २१ वर्षीय सोम गुरुङसहित १० जना पक्राउ परेका हुन्ला।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार , प्रहरीले तनहुँका २१ वर्षीय राजीव गुरुङ, २१ वर्षीय युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ, रामेछापका १६ वर्षीय दीपक मगर र अनुपम भण्डारीलाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । काभ्रेको रोशी गाउँपालिका घर भई बालुवाटार बस्ने २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ घर भएर चन्द्रागिरी बस्ने २१ वर्षीय बुद्धिलाल थिङ जवान उत्तम थापाको हत्या आरोपमा पक्राउ परी कारागार चलान भएका छन् ।
यसअघि चार जनाविरुद्ध अदालतमा मुद्दा दायर भएर पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । थप ६ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भई धुम्बाराही बस्ने ६२ वर्षका होमप्रसाद पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भई बालकुमारी बस्ने २८ वर्षीय टिकाराम विक असई रायको हत्या आरोपमा कारागारमा गरेको जनाएको छ ।
उनीहरुमाथि अनुसन्धान सकेर मुद्दा दर्ता गर्ने प्रहरीको तयारी छ । हत्या गरिरहेको भिडिओका आधारमा प्रहरीले पक्राउ गरेको हो । यसअघिका चारै जना आरोपीले प्रहरीको हत्या गरेको स्वीकार गरेका थिए ।