पोखरा ३ पुष २०८२।
रुकुम पश्चिमको भेरीकरिडोरमा बुधबार दिउसो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका हुन्भ।
जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट आठबिसकोटको राडी बजारतर्फ जाँदै गरेको लु १ ज २०८२ नम्वरको जिप शुक्रबार आठबिसकोट नगरपालिका -१४ बाँकेज्युलास्थित भेरीकरिडोरमा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार , दुर्घटनामा परेर चालकसहित १२ जना घाईते भएका छन् । घाइतेहरुको आठबिसकोट नगर अस्पतालमा उपचार भैरहेको प्राप्त समाचारमा जनाइएको छ।
उक्त दुर्घटनामा आठबिसकोट नगरपालिका १३ घेत्मा निवासी ३१ वर्षीय चालक राज बिक र सोहि स्थान निवासी ३१ वर्षीय सहचालक डिलबहादुर बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनले जानकारी दिए ।
त्यसैगरी आठबिसकोट नगरपालिका १३ निवासी ३४ वर्षीय प्रकाश जंग मल्ल, वडा नम्वर १२ निवासी १७ वर्षीया रिता परियार, वडा नम्वर ८ निवासी १९ वर्षीया बिमला केसी, वडा नम्वर ९ निवासी ३२ वर्षीया बसन्ता शाह, रुकुम पूर्वको भूमे गाउँपालिका २ निवासी २२ वर्षीय बिजय बुढा र सल्यानको बागचौर नगरपालिका ८ निवासी २७ वर्षीय जनक चन्द पनि घाइते भएका छन् । घाईत मध्य अन्य चार जनाको नामथर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घाईते मध्य रिता परियारको अवस्था गम्भिर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । घाईतेहरुलाई उपचारका लागि आठबिसकोट नगर अस्पताल लिईएको प्रहरी निरीक्षक पुनले जानकारी दिए ।
जिपको ब्रेक फेल हुँदा अनियन्त्रित भै सडकबाट १५ मिटर तल खस्न गई दुर्घटनाग्रस्त भएको प्रहरीले बताएको छ ।