विहानैदेखि तनावग्रस्त रहेको दोलखामा प्रहरीले गोली चलाउदा नहकुल भुजेलको मृत्यु

विहानैदेखि तनावग्रस्त रहेको दोलखामा प्रहरीले गोली चलाउदा नहकुल भुजेलको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३१ बैशाख २०७४
  • 11.2K
    Shares

३१ बैशाख, काठमाडौं । मतदान शुरु भएलगत्तै विहानैदेखि तनावग्रस्त रहेको दोलखामा चुनावी झडपकै क्रममा एकजनाको मृत्यु भएको छ । मेलुङ गाउँपालिका अन्तर्गत पवटी मतदान केन्द्रमा कांग्रेस र एमालेबीचको झडप रोक्न प्रहरीले गोली चलाउदा एकजनाको मृत्यु भएको हो ।प्रत्यक्षदर्शीका अनुसार प्रहरी निरीक्षक विनोद सुनुवारले चलाएको गोली लागेको थियो ।

मतपेटिका लुट्न आएको समूहलाई रोक्ने क्रममा प्रहरीले गोली चलाउनु परेको स्थानीय प्रशासनले जनाएको छ ।  झडपका क्रममा प्रहरी निरीक्षक विनोद सुनुवारले चलाएको गोली  लागेर  मेलुङ गाउँपालिका १ का चन्द्रबहादुर भुलेका छोरा ३५ वर्षिय नहकुल भुजेलको मृत्यु भएको हो ।

चुनावअघि भएको झडपमा माओवादी कार्यकर्ताको आक्रमणमा परी एमाले कार्यकर्ताको मृत्यु भएपछि दोलखा तनावग्रस्त भएको थियो ।आइतबार मतदान सुरु भए लगतै विभिन्न स्थानमा तनाव भएको थियो । कांग्रेस र एमाले कार्यकर्ताबीच विभिन्न मतदान केन्द्रमा झडप भएको थियो । तामाकोशी र वैत्यश्वरमा अधिकांश मतदान केन्द्रमा सत्तापक्षले बुथ कब्जा गरेको भन्दै एमालेका उम्मेदवारले मतदानस्थल छाडेका छन् ।

प्रतिक्रिया