पोखरा, २९ मङ्सिर २०८२।
पाँचथरमा ८२ वर्षीय हजुरबाले आफ्नै ३६ वर्षीय नातिको हत्या गरेका छन्।
जिल्लाको फाल्गुनन्द गाउँपालिका–७ आङसराङका ८२ वर्षीय हजुरबा वर्णसिंह आङदेम्बेले आफ्नै ३६ वर्षीय नाति प्रेमराज आङदेम्बेको हत्या गरेका हुन्।
गत बिहीबार दिउँसो घरायसी विवादमा ८२ वर्षीय हजुरबा वर्णसिंह आङदेम्बेले आफ्नै ३६ वर्षीय नाति प्रेमराज आङदेम्बेलाई छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) अनिषकुमार कर्णले जानकारी दिए ।
गत बिहीबार दिउँसो बाजे वर्णसिंह र नाति प्रेमराजबीच भनाभन भएको र सोही विवादका क्रममा वर्णसिंहले प्रेमराजलाई छुरा प्रहार गर्दा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
छुरी प्रहार गर्ने वर्णसिंहलाई आइतबार पक्राउ गर्नुका साथै प्रेमराजको शव प्रकृति मुचुल्का तयार गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल फिदिममा ल्याइएको प्राप्त समाचारमा जनाइएको छ।