पोखरा, २९ मङ्सिर २०८२।
तनहुँमा आइतबार बसले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको छ ।
मौलीबाट खैरेनीटारतर्फ जाँदै गरेको ग १ ख ९४०६ नम्बरको बसले पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा विपरित दिशाबाट आउँदै गरेको गण्डकी एएबि ०१८६ नम्बरको स्कुटरलाई आइतबार ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक स्याङ्जाको पुतलीबजार नगरपालिका–७ भारकोट बस्ने ५१ वर्षीय लेशबहादुर थापाको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
बस चालक स्याङ्जाको आँधीखोला गाउँपालिका–५ घर भइ हाल कास्कीको पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने ५१ वर्षीय चुडामणि शर्मा पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।