सुरूङभित्र माटोको ढिस्कोले च्यापिएका रेग्मीको उद्धार

सुरूङभित्र माटोको ढिस्कोले च्यापिएका रेग्मीको उद्धार


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २८ मंसिर २०८२
  • 3K
    Shares

पोखरा, २८ मङ्सिर २०८२।

सप्तरीमा सुरूङभित्र माटोको ढिस्कोले च्यापिएका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ।

सुरूङभित्र माटोको ढिस्कोले च्यापिएका सप्तरीको कञ्चरुप नगरपालिका वडा नम्बर ११ बक्साहाटोल बस्ने अन्दाजी ५५ वर्षीय दिलिप रेग्मीको प्रहरीले शनिबार उद्धार गरेको हो ।

प्रहरीका अनुसार , घर लिप्ने माटो लिन गएका रेग्मी माटो खन्ने क्रममा सुरूङभित्र छिरेको अवस्थामा माथिबाट माटोको ढिस्को खसेर च्यापिएको र चिच्याई रहेको अवस्थामा स्थानिय मानिसहरूले प्रहरीलाई खबर गरेका थिए।

उक्त खबर पाउनासाथ इलाका प्रहरी कार्यालय ठेलिया, कञ्चनपुर सप्तरी र सशस्त्र प्रहरी बेसक्याम्प सितापुर सप्तरीबाट खटिएको सयुक्त प्रहरी टोलीले कोदालोले खनेर माटोभित्र पुरिएका रेग्मीको उद्धार गरी उपचारका लागि धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा पठाई उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ। रेग्मीको अवस्था समान्य रहेको पनि प्रहरीले बताएको छ।

प्रतिक्रिया